मङ्सिर २५, काठमाडौं । सांगीतिक क्षेत्रमा वर्षौंदेखि अनवरत रुपमा लाग्दै आईरहेको गायक एवं स्रस्टा श्रीतामाङ को “पँधेरिमा” नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संगितलाई आफ्नो जीवन जिउने आधार बनाएका गायक तामाङले नेपाली लोक गित, आधुनिक गित, फिल्मी गित साथै सेलो गितहरुमा स्वर अनि संगित दिसकेका छन । भिडियोलाई गोल्चे मिडियाको प्रस्तुतिमा अनिल स्याङ्बो पृथकले छायांकन गरेका हुन भने सम्पादन दिपक तामाङ र नृत्यनिर्देशन ॐ वाईबा तामाङले गरेका हुन । अभिनय प्रीतम तामाङको रहेको छ भने उनलाई साथ दिएका छन मुना स्याङ्बोले ।
यस भिडियो सिन्धुपाल्चोकको अतिनै रमणीय ठाउँ थाङ्पाल गुन्सा तथा मेलम्ची आसपास खिचेका छन । भिडियो निर्माणको क्रममा थाङ्पाल गुन्साका समाजसेवी पदम स्याङ्बो र कृष्ण बिक्रम सिलवालले बिशेष सहयोग गरेका थिए ।
भिडियो यस्तो छ ;

