मंसिर १५, काठमाडौं । हिजोआज नयाँ पुस्ताका कलाकारले संगीतमा दिनाहुदिन नयाँ र नौलो शैली प्रयोग गरिरहेका छ्न । फिल्म होस या गीत कन्टेण्ट र नयाँ–नयाँ थिममा फरक स्वादका गीत र फिल्म निकालिरहेका छन् ।
नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन। भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ । गायक बिन्ती कुमार गुरुङको डेब्यु एल्बम ‘बिन्ती’ भित्र समाबेश तेस्रो गीत बाटै बाटोको भिडियो केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ।
गीतमा गायक गुरुङकै शब्द रहेको छ । लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्णको अभिनय देख्न पाइन्छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

