गायक दुलालको ‘नबोलेर पिरती बस्ला जस्तो भो’ सार्वजनिक (भिडियो सहित)

नेपालमा कला क्षेत्रमा प्रतिभाहरुको कमि छैन म्युजिक, मुभी र मोडलिङ इन्डस्ट्रीमा नाम , दाम र सम्मान कमाउने सपना बोकेर नयाँ कलाकारहरुको दिनानुदिन प्रवेश भैराखेको छ। कलाकारहरुको संख्या जसरी बढ्दै छ तेस्तै निर्माण , उत्पादन, बितरण गर्ने कम्पनीहरुको संख्या पनि बढ्दै छ। ट्यालेन्ट छ र निरन्तर कोसिसमा लागिराख्ने हो भने बिश्वमा छरिएर रहेका नेपालीहरुको बिचमा आफ्नो कलाले मन जितेर एकदिन सोचेको खोजेको सफलता हासिल गर्न सकिन्छ ।

आफू संग लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै गायक जिबि दुलालले आफ्नो पहिलो गीत ‘नबोलेर पिरती बस्ला जस्तो भो’ सार्वजनिक गरेका छन। गीत संगीत निकै रुचि राख्ने गायक दुलाल पेशाले सैनिक हुन। काम संग संगै गीत संगीतमा केही गर्ने अठोटका साथ उनी अघि बढी रहेका छन। यस गीतमा स्वर जिबि दुलालको रहेको छ भने शब्द र संगीत जिबि दुलाल, लाल कुमार बराल र डिआर सुजनको रहेको छ। गीतको एरेन्जमेन्ट हेमन्त शिशिरले गरेका हुन । मोडल तथा नायक यशराज गराच र रिचा थापाले अभिनय गरेको यस गीतको भिडियोमा लगानी भने बुद्धिश्रि दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको भिडियोलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन भने क्यामेरामा कैद भने शिव ढकालले गरेका हुन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.