नेपाल फेस्टिबल सिड्नीको तयारी पुरा

मंसिर ७, काठमाडौं । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए) ले हरेक दुई बर्षमा गर्ने नेपाल फेस्टिबल सिड्नीको तयारी पुरा भएको छ।

भोलि नोभेम्बर २४ शनिबारका दिन सिड्नीको डार्लिङ हार्बरमा रहेको टुम्बालोङ पार्कमा आयोजना हुने यो कार्यक्रम विदेशमा हुने नेपालीहरुको एक भब्य कार्यक्रम हॊ । अस्ट्रेलियामा रहेका नेपालीहरु बीच एकता र पर्यटन प्रवर्धन गर्ने उदेश्यले आयोजना हुने नेपाल फेस्टिवलका लागि नेपालका राष्ट्रियस्तरका कलाकारहरु राजेश पायल राई, आचल शर्मा, तृष्णा गुरुङ, पशुपति शर्मा, शिव हमाल, बिष्णु नेपाली लगायत सिड्नी आई पुगिसकेका छन्। एनआरएनएको न्यु साउथवेल्स राज्य समितिको संयोजनमा हुन लागेको यो कार्यक्रममा बिगत केहि दिनदेखि ३० वटा नेपाल फेष्टिवलका झण्डा कार्यक्रम स्थल वरपर फहराइएका छन्। गौरवपूर्ण सम्पदाहरुको तस्वीर समावेश गरेका झण्डा डालिङ हार्वर वरपर फहराउन पाएकोमा सबै नेपालीहरुले गौरब महसुश गरेको कार्यक्रम संयोजक नन्दु गुरुङले बताए।

सास्कृतिक कार्यक्रम, नेपाली खाना, र नेपाललाइ चिनाउने (नेपाल हाउस) हुने यो कार्यक्रम आहिलेसम्म कै सबैभन्दा राम्रो र भब्य हुने संयोजक नन्द गुरुङले बताए। अस्ट्रेलियामा आएका नेपालीहरुलाई एक दिन भए पनि आफ्नै देशमा भएको महसुस गराउन खोज्नु र येहाका बिदेशीहरुलाई आफ्नो देशको सम्पदाहरु देखाएर पर्यटक हरुलाई आफ्नो देशमा आकर्षित गर्नु नै मुख्य लक्ष्य रहेको एनआरएन अस्ट्रेलियका प्रवक्ता डिला खरेलले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.