चलचित्र ‘डोली’ मंसिर २८ मा रिलिज हुने

कात्तिक २९, काठमाडौं । आगामी २८ मंसिरमा चलचित्र ‘डोली’ प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्ट लुक केही दिन अघिमात्रै सार्वजनिक गरिएको थियो ।

चलचित्र ‘डोली’मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापित, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहेकोछ । सामाजिक प्रेम कथामा आधारित भनिएको चलचित्र ‘डोली’ प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रको पोष्टरमा पनि यही कुरा दर्शाईएको छ ।

डोलीको पोष्टरमा पृथ्वी, सानियाँ, संगीतलगायत मुख्य कलाकारलाई स्थान दिइएको छ । चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । यसका लेखक पनि सोननै हुन् । चलचित्रको वितरण आरआर फिल्मस् र जीजीए ग्रुपले  गर्दै छ । जसमा सीडी विजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोलीमा जयराम थापाको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन र श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.