एलिसा र सरोजको दमदार प्रस्तुति रहेको ‘कान्छी’ भिडियो रिलिज

कात्तिक २८, काठमाडौं । मोडल एलिसा राईको दमदार रहेको नयाँ भिडियो कान्छीको भिडियो रिलिज भएको छ । जसमा एलिसालाई सरोज मोक्तानले साथ दिएका छन् । गायक राजमान तामागंको यो गीतमा शब्द शृजना जितेन लोप्चाको रहेको छ । जितेन लोप्चाकै संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

निर्देशक युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई नजिकबाट देखाउने कोशिस गरेको छ । जसमा डान्सरद्धय एलिसा र सरोजले प्रस्तुती दिएका छन् । जुन कुरा निर्देशक वाईवाले गरेको मिहिनेत र भिन्न प्रयोग भिडियोमा देख्न सकिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.