मंसिर २८ मा रिलिज हुने फिल्म सुश्री सम्पत्तिमा नायिका प्रियंकाको हट अवतार

कात्तिक २७, काठमाडौं । आगामी मंसिर २८ मा रिलिज हुने फिल्म सुश्री सम्पत्तिको दोस्रो गीत नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरीलाई गीतमा फिचर्ड गरिएको छ।

गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने मीना निरौला र राजन इशानले स्वर दिएका छन्। झुम्की बोलको यो गीतले दर्शक तथा स्रोतालाई नचाउने निर्माण टिमको दाबी छ। गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। यसअघि सार्वजनिक हुकुम बक्सियोस्ले दर्शक तथा स्रोताको मन जितिसकेका बेला झुम्की गीत सार्वजनिक गरिएको हो। रंगपत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिरपाली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा निर्देशक सुव्रत आफैले लेखेका छन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्। अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्ममा पटकथा अभिमन्युकै रहेको छ।

‘सुश्री सम्पत्ति मेरो निर्देशनमा तयार भएको दोस्रो फिल्म हो। डेब्यु फिल्म अधकट्टीबाट मैले सिकेको अनुभवलाई पनि यसमा प्रयोग गरेको छु। पहिलो सार्वजनिक गीत हुकुम बक्सियोस्लाई दर्शकले रुचाइरहँदा अर्को फ्लेभरको गीत झुम्की सार्वजनिक गरेका छौं। फिल्म रमाइलो बनेको छ।’ –निर्देशक आचार्यले भने।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.