कात्तिक २६, काठमाडौं । गायक जेम्स गजमेरले केहि दिन अघि भुटानी नेपालीहरुको कथा ब्यथा बोकेको गीत पुर्खाले सार्वजनिक गरेका छन।
यस गीतका रचनाकार र भिडियोको प्रोड्युसर धन प्रधान हुन। गीतले भुटानी नेपालीहरुको जिवन कथा बोल्छ। गीतको भिडियोमा आफ्नो देशमा हुदाका रमाइलो पलहरुको सम्झना गरिएको देख्न सकिन्छ । एनबि जनकर्मी , रबिन्द्र मान सिंह बस्नेत , डिएक्स दर्नाल , हर्क गजमेर , कुमार चौहान , डमर तिवारीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।
यस गीतको एरेन्जमेन्ट सन्जिव बराइलीले गरेका हुन। गीतमा स्वर , संगीत र भिडियो निर्देशन जेम्स गजमेरको रहेको छ।

