गायिका रोजु राईको   ‘कति सुहायो त्यो कालो कोटमा’  म्युजिक भिडियो सार्वजनिक

कात्तिक २२, काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईको  ‘कति सुहायो त्यो कालो कोटमा’  नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ । निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठक लगायतका कलाकारले अभिनय गरेका छन् । युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.