कात्तिक १९, काठमाडौं । गायक नेत्र भण्डारीको “फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको छ ।
उक्त गीतको शब्द शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना गायक भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ । भिडीयोमा अभिनय अहिलेका चर्चीत मोडल कृष्ण रेउले निशा सिंह ठकुरी र मनिष खड्काको रहेको छ ।
यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।

