“पिच रोड” बाट चर्चित नायिका आंचल र सुसान्त करोड क्लबमा प्रवेश

कात्तिक १५, काठमाडौँ । गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ ।

विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् । यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् ।

निर्देशक टेकेन्द्रशाहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ । छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.