कात्तिक ६, नयाँ दिल्ली । भारतीय हास्य कलाकार कपिल शर्माको बिबाहको मिति तय भएको छ । आफ्नो प्रेमिका गिन्नी चतरथसँग बिबाह बन्धनमा बाँधिन १२ डिसेम्बरका लागि पक्का भएको हो ।
दिपिका पादुकोणको सबै भन्दा ठुलो फ्यान बताउने कपिल उनको बिबाहको एक महिनापछि डिसेम्बर १२ मा बिबाह गर्न गइरहेका छन् । गिन्नीको जन्म शहर जालान्धरमा हुने भव्य बिबाह पारिवारिक सहमतीमा हुने बताइएको छ । गिन्नी आफ्नो परिवारको एक मात्र छोरी हुनाले उनको भावनालाई सम्मान गर्न कपिलले कुनै कञ्जुस्याँई नगर्ने बताएका छन् ।
पछिल्लो समय आफ्नो हास्य कलामा अनेकौं अबरोध भोग्दै रहेका कपिल बिबाहको कुरालाई टाल्दै आइरहेका थिए । केही समय पहिला मिडियालाई आफ्नो प्रेमिकाको बारेमा खुलासा गरेका कपिल बिबाह पश्चात नयाँ जोशका साथ हास्य मञ्चमा फर्कने बताएका छन् ।

