सवारी दूर्घटना न्यूनिकरणमा ध्यान पु¥याऔं

–भिम लामा

“जबसम्म यातायात व्यवस्था विभाग नै स्वच्छ हुदैन तबसम्म अनुशासनहिन चालक र दूर्घटनाको संख्या बढ्दै जान्छ । ”

पछिलो समय सवारी दूर्घटनाको संख्या बढ्दै गएको छ । दूर्घटना  देशको भू–बनोट र सडककै कारण देखाए पनि चेतनाको अभाव र चालकको लपारवाही बढि देखिन्छ । त्यसो त ग्रामीण भेगका बाटो मात्र होईन सहरका धेरै सडकहरुमा पनि दूर्घटना नहुने भन्ने कुरा होईन् । जहाँ ट्राफिक नियमको उल्लांघन हुन्छ त्यहाँ आवश्यक दूर्घटना भईरहेको सबैमा जगजाहेर नै छ । तथापी हाम्रा समाजका सवारी चालकहरु भने त्यसलाई वेवस्ता गरी आफ्नै शैलीले सवारी चलाउने गरेको पाईन्छ । नियम उल्लांघन त एउँटा पाटो भयो तर, त्यहाँभित्र कारवाही गर्ने  तथा नियमांकन गर्ने निकायको प्रभावकारिता भने कमजोर देखिन्छ ।

त्यस्तै कमजोर नियम पालकहरुकै कारण सवारी चालकहरु अनुसशासनहिन भन्दै गएको छ । सवारीसंग सम्बन्धित भौतिक यातायात व्यवस्था विभाग, नेपाल ट्राफिक प्रहारी, नेपाल प्रहरी, नगर प्रहरी लगायत निकायहरुले कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गर्ने हो भने शून्य दूर्घटना भन्ने कुरा चाँही होईन ९९ प्रतिशत न्यूनिकरण गर्न सकिन्छ । यातायात विभागकै कुरा गर्ने हो भने कतिपय सवारी अनुमतिपत्र वितरणमा त्रुटी गरिरहेका छन् । सवारीपास गर्न नसक्नेहरुलाई समेत विभागकै केही कर्मचारीले सेटिङ मिलाउँदै रकम असुलेको प्रमाणहरु यततत्र छन् । यस्तै अनिमियतताले गर्दा भ्रष्ट्रचार मौलाउनु एक कुरो भयो अर्कोतर्फ मोटो रकम तिरेर सवारी अनुमतिपत्र लिने व्यक्तिहरुले गर्दा नै सडक असुरक्षित बन्दै गएको अनुमान लगाउन सकिन्छ । विना ट्रायल सवारी अनुमतिपत्र किनेका चालकहरुले न त अनुशासनको नै ख्याल गर्छ न मानवीय व्यहार नै देखाउँछ । जबसम्म यातायात व्यवस्था विभाग स्वच्छ हुदैन तबसम्म अनुशासनहिन चालक र दूर्घटनाको संख्या बढ्दै जान्छ ।

ट्राफिक प्रहरीमा पनि यस्तै समस्य देखिन्छ । अप्रत्यक्ष रुपमा सवारी चालकहरुसंग नजिक बन्ने र रिर्चाज कार्ड हाल्ने रकम पाएपछि गाडी छोडिदिने प्रचलन पनि देख्दै र भोग्दै आएको कुरा हो । यसले सिंगो ट्राफिक प्रहरीलाई आक्षेप लगाउन खोजिएको होईन । जहाँ ट्राफिक प्रहरीका केही अधिकृतहरु नै कारवाहीको क्रममा रिचार्ज कार्डको सुविधा लिने लोभले चालकसंग आत्मीय सम्बन्ध बनाएको पनि देख्न सकिन्छ । ट्राफिक प्रहरी सकारात्मक रुपमा आफ्नो जिम्मेवारीलाई बहन सकेमा सहरका ट्राफिक समस्य पनि केही हदसम्म रोकिने शंकै छैन् । अर्को नगर तथा महानगरले एक प्रकारको प्रहरी परिचालन गरिएको छ । हुन त कार्यक्षेत्रधिकार बेग्लै होला तथापी सहर बजारलाई व्यवस्थित बनाउने, फुटपथको पसल हटाउने र सडक यात्रीलाई सहज वातावरण बनाउने उनीहरुको काम हो । वर्तमान हाम्रो नगर सहरलाई हेर्ने हो भने नगरप्रहरी पनि पार्किङका सवारी उठाउने, नाटकीय ढंगले फुटपथका पसलहरु हटाउने र केही घण्टा नबित्दै पुनः सञ्चालन गर्ने अनुमतिसहित रकम उठाएको पाइएको छ । चर्को घाम र प्रदुषित सडक छेउमा बसेर व्यापार गर्नेहरुबाट कारवाही स्वरुप रकम असुल्ने र पुनः सञ्चालन गर्ने प्रवित्तिले गर्दा सहर प्रदूषित र सडक अस्तव्यस्त हुदै गएको छ जसको कारण पनि सडक दूर्घटना थपिएको छ ।

विशेष पर्वमा बढि दूर्घटना

चाडपर्व एउटा उत्सव हो । उत्सवमा मानिसहरु रमाउनु मनोवैज्ञानिक तरिकाले स्वभाविक हो । तर हाम्रो समाजमा त्यही उत्सवमा पिडा लुकाउनेहरु पनि त्यत्तिकै हुन्छन् । त्यही पिडा र खुसीको संगमलाई एक ठाउँमा ल्याउन उत्सवले केही हतसम्म सहयोग पु¥याए पनि भित्री पिडाले मान्छेलाई आगो बनाईरहेका हुन्छन् । हो यस्तै पर्वमा मानिसहरु उत्तेजित हुने गर्दछ । उत्तेजित हुदाँ चालकको पनि ध्यान एकिकृत नहुने हुदाँ दूर्घटना हुने ठूलो सम्भावना देखिन्छन् भने केही चाँही चालकको लपारवाहीले गर्दा त्यस्ता घटनाहरु घट्ने पाईन्छ ।

चाँडपर्वमा विशेष गरी विभिन्न सहर तथा राजधानीबाट गाउँतर्फ प्रस्थान गर्नेहरुको संख्या बढी हुन्छन् । राजधानीबाट ग्रामिण क्षेत्रमा जाने सवारी साधनहरुले नियमको धज्जी उठाउँदै सीट क्षमताभन्दा बढि यात्रु बोक्ने गर्दा इन्जन बिग्रिएर दूर्घटना हुने गरेको पाईन्छ । प्रहरीको सुरक्षा अभियानलाई नै उल्लंघन गर्दै यातायात व्यवसायी संघका समिति तथा सवारी साधनका मालिकहरु सीट क्षमताभन्दा बढि यात्रु बोक्ने गरेको पाईन्छ । अझ गाउँ छिर्ने बसहरुले त यात्रुसंगै अन्य सामग्रीको लोड बोकेको कारण बसको इन्जिनमा खराबी भई दूर्घटना हुने क्रम चलिरहेको छ । ग्रामीण सडकको कमजोर अवस्था र क्षमताभन्दा बढी यात्रु बोकेकै कारण दूर्घटना हुने र चाँडपर्वको समयमा धेरै यात्रुहरुले आकालमै ज्यान गुमाउन बाध्य छन् । यस्ता घटनाले कतिको खुसी लुटिरहेको छ ।

कसरी रोक्ने दूर्घटना

तपाई यात्रा गर्दै हुनुहुन्छ भने यात्राको दूरी मापन गर्नुहोस् । कति समय लाग्ने त्यसको दूरी मापनपछि यात्राको तालिका तय गर्नुहोस् । लामो दूरीको बस वा अन्य सवारी साधन चढ्दै हुनुहुन्छ भने दुई जना चालक अनिवार्य भएको साधन रोज्नुस् । अनुभवी चालक हो वा होइन् याकिन गर्नुस । चालकले मादकपदार्थ सेवन गरेको नगरेको पहिचान गर्नुहोस् । यात्राको सम्पूर्ण विवरण लिएर मात्र यात्रा गर्नुहोस् ।

सरकारका सुरक्षा निकायहरु सवारी दूर्घटनाबारै बढी गम्भीर बन्नु पर्ने देखिन्छ । सुरक्षा संयन्त्रलाई बलियो बनाएर हरेक चालक र सार्वसाधारणसंग सवारी सुरक्षा नीति सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालनमा ल्याउनु पर्छ । सवारीधनि र सुरक्षा सयन्त्रविच भानसुनको प्रवित्ति अन्त्य गर्नु पर्दछ । सहज यात्रा गर्न पाउनु प्रत्येक यात्रुको अधिकारको कुरा पनि हो तर अधिकारको खोजि गर्दा कस्तो सवारी साधन हो ? चालकको बारेमा केही जानकारी अगाडी नै बुझेर यात्रा गर्द आफु सुरक्षित हुने वातावरण बन्छ । सवारी साधनको क्षमताको मापन गरी आवश्यकताभन्दा बढि यात्रु भएमा आफु हुनुपर्छ अनि अरामदायि र सुरक्षित  यात्राको सुनिश्चित आफैले गर्नुपर्दछ । सवारी दूर्घटना न्युनिकरणमा सरोकारवाला निकाय र प्रत्येक नागरिक सचेत र सजग बनौैं दूर्घटनालाई संवेदनशीलतामा राखी ध्यान पु¥याऔं ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.