चलचित्र ‘छक्का पञ्जा’ आजबाट देशभरको हलमा

असोज २४, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ सिरिजको तेस्रो शृंखला बुधबारबाट प्रदर्शनमा आएको छ । शुक्रबार फिल्म रिलिज गर्ने परम्परालाई तोड्दै घटस्थापनाको अवसर पारेर फिल्म रिलिज गरिएको हो । फिल्म मल्टिप्लेक्स तथा सिंगल थिएटरमा देशभर एकल रिलिज भएको हो ।

रिलिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक दीपाश्री निरौलाले अब कमेडी फिल्म मात्र नबनाउने बताएकी छन् । पछिल्लो समय कमेडीमै सफलता मिल्दै आए पनि अब फरक रूपमा प्रस्तुत हुन चाहेको उनको भनाइ थियो । ‘अब नेपालमा हँसाउने र रुवाउने फिल्म मात्र होइन साँच्चै फिल्म बन्नुुपर्छ’, उनले भनिन् ।

‘छक्का पञ्जा ३’मा कमेडी र सामाजिक मुुद्दा एकसाथ लैजान खोजेको जानकारी दिँदै दीपा श्रीले भनिन्, ‘यो विशुुद्ध कमेडी फिल्म मात्र होइन, अरू धेरै कुरा छन् । यसमा हामीले कन्टेन्टमा काम गरेका छौं । यो हामी नेपालीको घरघरको कथा हो । शैक्षिक व्यथितिलाई मुख्य कथावस्तु बनाएका छौं ।’ फिल्मका मुख्य कलाकार जितु नेपाल मुन्द्रे र केदार घिमिरे माग्ने बूढाले यसपटक हँसाउनुका साथै सामाजिक चरित्रलाई समेत अँगालेको बताए । यो फिल्मको पहिलो र दोस्रो शृंखलाले सर्वाधिक व्यापार गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.