असोज २३, काठमाडौं । नेपाली साङ्गीतिक बजारमा नेपाली चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ । नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजया दशमी तथा शुभ-दीपावली नजिकिँदै गर्दा बजारमा नयाँ-नयाँ गीतहरू सार्वजनिक हुन थालेको छ ।
यिनै चाड पर्वलाई समेटे भर्सटायल गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउसी भैलो’ गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा कार्यक्रम गरी ‘शिरफुल शिरैमा’ एल्वमको विमोचन कार्यक्रममा ‘देशी भैलो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोः
प्रेम राईको पहिलो गीति एल्वम ‘शिरफूल शिरैमा’ एल्वम लोकप्रिय गायक राजेश पायल राई, गायक विनोद खम्बु, प्रेम राई, पदम राई, र गायिका मनिता राई लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
‘देउसी भैलो’ बोल रहेको गीतको म्युजिक भिडियोमा स्वयम राजेश पायल राईले पनि अभिनय गरेका छन । त्यस्तै उमेश राई (फुलन्देकी आमा), गायक विनोद खम्बु, अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङलगायतका अभिनय रहेको छ ।
राकेश किराँतीले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका छन । प्रेम राईको शब्द रहेको गीतमा गायक तथा संगीतकार विनोद खम्बुले संगीत भरेका छन ।

