एनपीएलको उद्घाटन प्रधानमन्त्री वालेनले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदै छ ।

प्रधानमन्त्री वालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।प्रधानमन्त्री वालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

आजको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स सहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले भाग लिएका छन् । एनपीएलको हिमालय स्पोर्टस् र अनलाइनखबर डटकमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.