पत्रकार आचार्यको कथा संग्रह ‘उपहार’ सार्वजनिक

असोज २०, काठमाडौं । पत्रकार चेतनाथ आचार्यको पाँचौं कृति ‘उपहार’ कथा संग्रह शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गरेको उक्त कृतिमा आठवटा कथा समेटिएका छन् ।

पत्रकार आचार्यको कथा कृति उपहार माथि समीक्षा गर्दै संस्कृतिविद् जोशीले भाषा र साहित्यका माध्यमबाट देशलाई चिनाउने कामको उच्च मूल्यांकन हुने बताए । समालोचक प्रा। राजेन्द्र सुवेदी र कथाकार माया ठकुरीले कथाकारले उक्त कथासंग्रहमा समेटेका कथाहरु उच्च कोटीका रहेको भन्दै यसले समसामयिक साहित्यमा विशिष्ट स्थान ओगट्ने बताए ।

इलाममा जन्मिएका कथाकार आचार्यले यस कथा संग्रहमा संग्रहीत कथाहरु इलामको ग्रामीण परिवेशका यथार्थ र मौलिक शैलीमा लेखेका छन् । यस अघि उनका दुईवटा कथा संग्रह ‘रित्तो कोठाको तस्विर’ र ‘बुद्धको उपहार’ तथा दुईवटा संस्मरणात्मक संग्रहहरु ‘मेरो आँखामा चीन’ र ‘चीन चियाउँदा’ प्रकाशित छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.