१.
आनन्दको सट्टा मनमा पिर थियो
अगाढी अप्ठयारा कृष्णभीर थियो
ति परिवेशलाई सम्झदै एकतमास
लम्कदै थिएँ जीवन अस्थिर थियो ।
२.
कैले रुवायो कहिले औधी हँसायो मोराले
मनमा औडाहाहुँदा छेउमा बसायो मोराले
तिम्रै प्रेमी सहपाठी हुँ भन्दै मोहित पार्यो
पश्चाताप त भो फकाउदै,फसायो मोराले ।
३.
विनाअनाज चुहिने थोत्रा धोक्राको के कुरा
तितो न टर्रो स्वादविहिन छोक्राको के कुरा
बदमासलाई बरा र विचारा भन्न मन लाग्छ
मैहुँ भन्छ आलाकाँचो र बोक्राको के कुरा ।
–विमल गिरी (बितामोड) २ चारपाने झापा

