संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन् । दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ-उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै सोमबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरिया ‘अहानिकारक र सम्मानजनक’ रहेको दाबी गरे ।

अघि बढाउने बहानाका रूपमा प्रयोग गर्दै आएको छ ।

सन् २०१९ मा ट्रम्प र किमबीचको आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए र दोस्रो कार्यकालमा पनि उनीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त गर्दै आएका छन् ।

ट्रम्पको पछिल्लो घोषणा उनले किमसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक दिनपछि आएको हो । उनले दुई नेताबीच राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई ‘उत्तेजक’ भन्दै रोक्ने घोषणा गरेका थिए ।  सन् २०१८ मा सिङ्गापुरमा किमसँगको भेटपछि ट्रम्पले त्यस्ता अभ्यास बन्द गर्दा ठूलो रकम बचत हुने बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.