कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका तामाङको पार्थिव शरीर नेपाल ल्याइँदै

काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको हो । तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.