गोकर्णेश्वर आरुबारीमा फार्मर्स मार्केट संचालन हुँदै

असार २०, गोकर्णेश्वर । आइतबार देखि गोकर्णेश्वर नगरपालिका वडा नं. ९  मा रहेको खुला व्यायामशाला तथा बालबालिका पार्क  आरुबारीमा आइतबारदेखि गोकर्णेश्वर फार्मर्स मार्केट  शुरु हुदैछ ।

जस अनुसार कृषि गरी बस्ने कृषक र स्थानीय  उत्पादनलाई प्रबद्र्धन गर्ने उदेश्यले उक्त फार्मर्स मार्केट  सञ्चालनमा ल्याएको  वडा अध्यक्ष राधिव थापाले बताए । फार्मर्स मार्केटमा ताजा र स्वास्थ्य सामग्रीहरु जस्तै ताजा स्थानिय कृषि उत्पादन तथा तरकारीहरु, स्वादिला बेकरी आइटम र पेस्ट्रिज, परम्परागत हस्तकलाका सामानहरु र अन्य स्वादिला खानेकुराहरु पाउने छ ।

मार्केट भिजिट गरी कृषकहरुलाई प्रोत्साहन गर्नको लागि पनि यहाँ आएर अबलोकन गर्न सवैलाई अपिल गरेका छन् ।  मार्केट सधै हरेक आइतबार विहान ७ बजे देखि वेलुका ७ बजे सम्म खुल्ने छ र चिसो समयमा यसको समय परिवर्तन गरिने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.