चैत १६, काठमाडौं । एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई घरेलु श्रमिक बनाएर राखेको र कुटपिट गरेको कसुरमा उनलाई प्रहरीले आइतबार बेलुका बालुवाटारस्थित घरबाटै पक्राउ गरेको हो । बालबालिकासम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए।
हालका प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिको मेयर हुँदा उनीविरुद्ध महानगरले उजुरी दिएको थियो। तर, तत्कालीन सरकारको दबाबमा उनलाई मुद्दा नचलाउने उजुरी भएको थियो।

