चैत १४, काठमाडौँ । भदौ २३ र २४ गतेको प्रदर्शन र विध्वंश छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की र उनको निवासलाई सुरक्षा दिने उद्देश्यले प्रहरी र सशस्त्र बलको संख्या बढाइएको छ ।
आज साँझ गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुखहरुको बैठकमा कार्कीको सुरक्षाका लागि सेनाको ब्यारेकमा सार्नेसम्मको निर्णय भएको बताइन्छ । गौरीबहादुर पनि भक्तपुर गुण्डुकै बासिन्दा हुन् । उनलाई लिन सेनाको टोली घर पुगेपछि अहिले ब्यारेक नजाने जवाफ दिएका छन् ।
बिहान पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्रेपछिको अवस्थालाई ध्यानमा राखेर कार्कीको घर वरपर सुरक्षा सतर्कता बढाइएको हो । यता, एमालेले मुलुकभर आन्दोलनको घोषणा गरेको छ ।

