जुम्लाका परिवार नियोजन सुपरभाइजर विरुद्ध नक्कली प्रमाणपत्र मुद्दा दायर

असोज १७, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका परिवार नियोजन सुपरभाइजर विरुद्ध नक्कली प्रमाणपत्र मुद्दा दायर गरेको छ।

जुम्लामा कार्यरत रहेका देबबहादुर सुबेदी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको भन्दै आयोगले वुधबार विशेष अदालतम मुद्दा दायर गरेको हो। सुवेदीले भारतबाट इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी परिवार नियोजन सहायक पदमा नियुक्ति लिइ बढुवा समेत भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सुबेदीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.