एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई महासंघमा स्वागत

चैत्र ६ काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासर समृद्धिसँग जोड्न आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार महासंघ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनु पर्ने बताउनु भयो ।

उहाँले महासंघको पहलमा धेरै नीतिगत सुधारहरु भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै भउको धारणा राख्नुभयो । “महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा विषयमा नेपाल सरकारसंग धेरै ठूलो लविङ गरेर थुप्रै नीतिगत सुधारहरु गरेका छौं । हामीले राम्रो सहकार्य गर्न सक्यौ नेपाल र नेपालीका लागि धरै गर्न सक्छौं ।” उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले महासंघले पछिल्लो समय महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको र उक्त कम्पनीमार्फत ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने काम भइरहेको बताउँदै उहाँले एनआरएनएलाई कम्पनीमा लगान िगर्न तथा सम्भावित परियोजनाहरूमा सहलगानीका लागि पनि आग्रह गर्नुभयो ।

सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरुपनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राख्नु भयो । “विविध कारणले गैरआवासीय मुभमेन्ट कमजोर भएको अवस्था थियो । अहिले हामीले सर्वसम्मत रुपमा एकताको महाधिवेशन सम्पन्न गरेका छौं ।  नेपाली डायस्पोरा एक हुँदा त्यसले दिने सन्देश र नेपालमा गर्ने कामबारे थप स्पष्टता हुनेछ । हामी हाम्रो ज्ञान सीप र पूँजीलाई नेपालको विकासमा लगाउन सक्छौं भन्ने नै हाम्रो पनि जोड हो । ” उहाँले भन्नु भयो ।

महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको आर्थिक समृद्धिका लागि लगानी आवश्यक भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा एनआरएनहरुले लगानी गर्न सक्ने धारणा राख्नु भयो ।  यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले अन्य क्षेत्रको लगानीसंगसंगै  नेपालमा नजेज इकोनोमिको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।

सो अवसरमा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.