धर्मगुरु रिन्पोछे चिनिया लामाद्वारा सडक बेसहारालाई कम्बल तथा भोजन वितरण  

फाल्गुन १०, काठमाडौं । बौद्ध तथा मेलम्ची घ्याङ गुठिका प्रमुख औतारी धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा सडक बेसहारा एवम् पेटिमा बसोबास गर्ने नागरिकहरुलाइ न्यानो कपडा तथा भोजन वितरण गरेका छन ।

ल्होसार (नयाँ वर्ष) ता ल्हो (घोडा वर्ग) को अवसरमा  धर्मगुरु रिन्पोछे भुपती बज्रको सहयोगमा  जोरपाटी नारायणटार पुलदेखी बौद्ध, चाबहिल र गौशालाका विभिन्न क्षेत्रमा सडकपेटिमा बसोबास गरेका अशक्त, जेष्ठ नागरिक र परिवारविहिनलाइ  करिव ३० ओटा  कम्बल  र भोजन वितरण गरेका हुन् ।

बौद्ध महास्तुप लामा गुरु रिन्पोछेले विभिन्न समयमा बालबालिका, जेष्ठ नागरिक तथा विपन्न समुदायलाई सहयोग गराउदै आइरहेका छन। गत बुधबार राति गरिएको वितरण कार्यमा रिन्पोछेका परिवार र   बौद्ध तथा मेलम्ची घ्याङ गुठिका पदाधिकारीहरु सहभागी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.