असोज १७, काठमन्डौ । बास्ताबिकतालाई मनन गर्दै सङ्गीतमार्फत दर्शक स्रोताहरु माझ घुलमिल रहि शब्द संकलन लय सिर्जनामै ब्यस्त लोक तथा दोहोरी गायक सुनिल बिसि एकपछि अर्को गीतमा हिट हुदै छ ।
नेपाली लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गीतहरुमा आफ्नो सुमधुर अवाज सजाउदै चर्चाको शिखर चुम्न सफल लोक तथा दोहोरी गायक हुन सुनिल बिसि नेपालिहरुको महान चाड बडा दसैं र शुभदिपवली नजिकिदै गएको अबस्थामा यसपाली पनि पाइन घर फर्कन अनमोल बि सिको प्रस्तुतिमा बजार सर्बजनिक भइसकेको छन,बाध्यताले विदेशिएका र गाउँबेशी साथीसङ्गी संगै रम्दै चाड मनाउने रहर हुदाहुदै पनि साहुको ऋण तिर्नको लागि भएपनी बिदेशीभुमिमा कचकच सहि काम गर्नुपरेको र घर फर्किन नसकिएको बास्ताबिकतालाइ चित्रित गरिएको यस गितमा सुनिल बिसिको लय सिर्जना ,शब्द स्वर ः सुनिल बिसि अनमोल बिसि दुबैको रहेको छ भने अर्चना स्वाङ्तानले साथ दिएकी छन । भने गत असोज छ गते सर्बजनिक भएको उक्त गितको म्युजिक भिडियोको निर्देशन खमेश श्रेष्ठ हुन भने सुजल , सुनिता र रस्मिको अभियान रहेको छ र सम्पादन सुरेश श्रेष्ठले गरेको छन ।
साङ्गितिक यात्रा टीका जमरा बाट सुरु गरिएका गायक बिसि सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका -६ हगाम गाउँमा जन्मिएका गायक सारा लोकपारखी मनमुटुहरुको अखा रसाउन सफल यो एल्बम संगै गायक बिसिले अहिले सम्म ७ वटा गीतहरु गाइसकेका छन भने जन्मभुमीलाई बयान गरिएको सिन्धुपाल्चोक घुम्न जाउ हगाम गाउँ , हेलम्बु शिखरपुर, ज्यामिरे गोल्मास्थान गायकको चर्चित गितहरु हुन ।

