असोज १६, काठमन्डौ । उदयमान गायक कार्साङ तामाङ दोस्रो लोक साङ्गितिक कोसेली “जान पाइन घरमा”युटुब च्यानल म्युजिक नेपाल मार्फत सार्बजनिक भएको छ।
नेपाली साङ्गितिक क्षेत्रमा आफ्नो दौनिकी कार्यसंगै उकाली ओराली भञ्याङ चौतारी संगै सुख दुःख साट्दै आएका गायक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका -४ मराम्चीमा जन्मिएका तामाङले केही समयअगाडी आफ्नो जन्मभुमीको पर्यटन बिकासको चिनारी स्वरुप “सिन्धु मेलम्ची हाम्रो गाउँ “दर्शकसामु पस्किसकेका छन । खास बास्ताबिकतालाइ गीत सङ्गीत मार्फत उदृत गरेर परिबर्तनलाई अङ्गाल्ने स्वभावका तामाङले लाखौं पर्देशिएका नेपालीहरुले चाडपर्वमा आफ्नो घर परिवार सङ्ग छुट्टीएर बिदेशी भुमिमा एक्लिनुपरेको पिडालाइ छर्लङ्ग हुनेगरी प्रस्तुत गरेका छन । रोजगारीको शिलशिलामा दक्षिणकोरियामा आफ्नो दैनिकी गुजारा गर्दैआएका तामाङ सुनौलो म्युजिक नेपालको सस्थापक अध्यक्ष पनि हुन भने बिगत लामो समयदेखि सामाजिक संजाल म्यासेन्जरमार्फत संचालित सिन्धु मेलम्ची अन्लाईन रोधिघरमा प्रमुख अध्यक्षको रुपमा हजारौं साङ्गितिक लोक गीतहरु गुनगुनाउदै आएका छन ।
सामाजिक न्याय ,बिकास ,समाझ्धरी बिचार बोकेका तामाङको यो कोशेलीमा अर्चना स्याङ्तनले साथ दिएका छन भने सङ्गीत सम्योजन बिष्णु तामाङले गरेका हुन दशै तिहार विशेष उक्त गितको लय शब्द तामाङ आफैंले रचना गरेका छ । आशा खड्का र रामचन्द्र बोहराको अभिनय रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन जेनि शर्मा सम्पादन सुजन शाही रकेको छ भने व्यवस्थापक कुमार लामिछाने हुन ।

