साउन ३१, काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।
उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो । उनलाई स्वागत गर्न रास्वपा कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बसेका छन् ।
कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
उनलाई कारागार स्थानान्तरण गरिने भएपछि रास्वपाका नेताहरू काठमाडौंबाट भैरहवा पुगेका थिए । प्रवक्ता मनिष झाले आफूहरू भैरहवामा रहेको प्रतिक्रिया खबरहबलाई दिएका थिए ।


