रवि लामिछानेलाई स्वागत गर्न कार्यकर्ता त्रिभुवन विमानस्थल

साउन ३१, काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।

उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो । उनलाई स्वागत गर्न रास्वपा कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बसेका छन् ।

कारागार व्यवस्थापन विभागले शुक्रबार लामिछानेले दिएको निवेदनका आधारमा भैरहवाबाट नख्खु स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

उनलाई कारागार स्थानान्तरण गरिने भएपछि रास्वपाका नेताहरू काठमाडौंबाट भैरहवा पुगेका थिए । प्रवक्ता मनिष झाले आफूहरू भैरहवामा रहेको प्रतिक्रिया खबरहबलाई दिएका थिए ।

लामिछाने गत चैत २५ देखि भैरहवा कारागारमा थिए । गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि लामिछानेलाई सोही दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरी चैत २३ गते शनिबार रूपन्देही लगेको थियो ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.