जेठ २५, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेश समितिद्वारा आयोजीत ‘पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग’ सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भक्तपुरको बोडेमा आयोजित सो तालिम २०८२ साल जेठ २३ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । दुई दिने तालिममा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमा फोनिजका सदस्य पत्रकारहरू लगायत नयाँ प्रविधिमा चासो राख्ने सञ्चारकर्मीहरू सहभागी थिए।

तालिमका प्रशिक्षक समेत रहेका फोनिज संघीय महासचिव समिर बालामीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग कसरी गर्न सकिन्छ, त्यसका सम्भावित फाइदा र चुनौतीहरूबारे विस्तृत रूपमा प्रशिक्षण गराए । उनले समाचार लेखन, अनुसन्धान, डाटा विश्लेषण, फ्याक्ट(चेकिङ तथा बहुभाषिक अनुवाद जस्ता क्षेत्रमा एआइले पुर्याउन सक्ने योगदानबारे चर्चा गरे । तालिम अन्तर्गत सहभागीहरूलाई व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रमको समापन सत्रमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । उनले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरे । साथै, राज्यका नीति निर्माण तहमा रहेका व्यक्तिहरूले प्रविधि र विविधताबीचको सन्तुलन खोज्दै यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले तालिमले सहभागीहरूलाई डिजिटल युगमा पत्रकारिताको नयाँ ढोका खोलिदिएको विश्वास व्यक्त गरे । उनले अगामी दिनमा अझ व्यापक रूपमा यस्ता तालिमहरू सञ्चालन गरिने योजना रहेको जानकारी दिए । तालिमले आदिवासी जनजातिका पत्रकारहरूबीच प्रविधिको पहुँच बढाउने, उनीहरूलाई प्रतिस्पर्धात्मक रूपमा सशक्त बनाउने र एआइको सकारात्मक प्रयोगमार्फत जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।