फुईयाको फुरफुर – ९

– अर्जुन दाहाल ।
उ पेशाले अस्थाइ शिक्षक, उसलाई अस्थाइ र स्थाइको मतलब छैन। उसले बोल्यो, ‘– हामी त सरकारमा भएको मान्छे’। कर्मचारी स्थाइ हुन कि अस्थाइ, सबै सरकारकै मान्छे हुन्, विडम्बना त हाम्रो सोचमा छ, जसले मन्त्रिपरिषदलाई सरकार भन्दछ। सरकार एक समुह वाचक नाम हो, एक संयन्त्र हो।

उसले बोल्यो, – ‘सरकारको मानिसले बुझ्ने अवधि पाँच बर्षको हुन्छ, त्यसले मन्त्रीहरु पनि करार÷अस्थाई कर्मचारी हुन, त्यसैले स्थाई मात्र होइन हामी अस्थाई पनि सरकारमा छौँ’। उसको व्यङ्ग्य जटिल थियो, तर भाव त्यतिनै छर्लङ्ग हुने थियो, काम गर्ने कसले भन्दा सरकारले, त्यो पनि सत्तापक्षकाले, प्रतिपक्षले त कमजोरीमा घच्घच्याउने मात्र हो। उसको पुन बोल्यो,– ‘हामी त सरकारमा छौँ’। फुईयाको फुरफुर ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.