चैत ५, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तामाङ संघको दोलखा जिल्ला अध्यक्षमा श्याम तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न प्रथम भेलाले तामाङलाई सर्वसम्मत चयन गरेको हो । तामाङको नेतृत्वमा ११ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सुक्लाल तामाङ, तारा पाख्रीन चयन भएका छन् । यसैगरी सचिवमा प्रेम तामाङ, सह–सचिवहरुमा कृष्ण तामाङ, दावा घिसिङ र कोषाध्यक्ष पशुपति तामाङ चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा शंकर तामाङ, बिरबहादुर तामाङ, उर्मिला मोक्तान चयन भएका छन् , भने बाकी रहेको सदस्यहरु विभिन्न भूगोल क्षेत्रबाट केन्द्रिय प्रतिनिधिहरूमा लक्ष्मी कुमारी तामाङ, कृपाश्रर तामाङ र कुमार तामाङ औतारी चयन गरेका छन । प्रदेशतर्फ प्रदेश (क) संयोजक राम लाल तामाङ र प्रदेश (ख ) संयोजक राजु लामा चयन गरेका छन् ।
नेपाली कांग्रेस पार्टीको दोलखा जिल्ला सभापति श्री बर्मा लामाको प्रमुख आतिथ्यतामा तामाङ संघका केन्द्रिय सदस्य बागमती प्रदेश संयोजक बिलाम मुक्तानको प्रतिनिधित्वमा भएको जिल्ला अधिबेशनमा सम्पन्न भएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले तामाङ संघ कुनै जातीय संस्था होइन नेपाली कांग्रेस भित्र रहेको तामाङहरु लाई एकता गरि पार्टीलाई मजबुत बनाउन बनेको भातृ संस्था रहेको बताए ।

केन्द्रीय प्रतिनिधि बिलाम मुक्तानले कार्यक्रम बोल्दै नेपाली कांग्रेस सबैभन्दा ठुलो समाजवादी राजनीतिक दल हो भएकोले कांग्रेस पार्टीले तामाङ समुदाय लाई राम्रोसँग चिनेको बताए । तामाङ नेपालको आदिवासी जनजाति समुदायमा तेस्रो र नेपालको पाचौं ठुलो संख्यामा रहेको समुहका आदिबासी हुन नेपालको सबै जिल्लामा तामाङ रहेत पनि मुख्यत बागमती प्रदेशमा बसोबास गर्ने पहिलो जनसंख्या रहेको मुक्तानले बताए । बागमती प्रदेशमा तामाङ १२लाख १६ हजार ५सय१७ रहेको जानकारी गराउदै दोलखा जिल्लामा ३० हजार ४ सय ६८ तामाङको जनसंख्या रहेको बताए ।

