नेपाली काङ्ग्रेस नेपाल तामाङ संघ दोलखाको अध्यक्षमा श्याम तामाङ चयन  

चैत ५, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन  नेपाल तामाङ संघको दोलखा जिल्ला अध्यक्षमा श्याम तामाङ  निर्विरोध निर्वाचित  भएका छन् ।

सोमबार सम्पन्न  प्रथम  भेलाले तामाङलाई सर्वसम्मत चयन गरेको हो । तामाङको नेतृत्वमा ११ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सुक्लाल तामाङ, तारा पाख्रीन चयन भएका छन् । यसैगरी सचिवमा प्रेम  तामाङ, सह–सचिवहरुमा कृष्ण तामाङ, दावा घिसिङ र कोषाध्यक्ष पशुपति तामाङ चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा  शंकर  तामाङ, बिरबहादुर तामाङ, उर्मिला मोक्तान चयन भएका छन् , भने बाकी रहेको सदस्यहरु विभिन्न भूगोल क्षेत्रबाट  केन्द्रिय प्रतिनिधिहरूमा  लक्ष्मी कुमारी तामाङ, कृपाश्रर  तामाङ र कुमार तामाङ औतारी चयन गरेका छन । प्रदेशतर्फ प्रदेश (क) संयोजक   राम लाल तामाङ  र प्रदेश (ख ) संयोजक राजु लामा  चयन गरेका छन्  ।

 नेपाली कांग्रेस पार्टीको दोलखा जिल्ला सभापति श्री  बर्मा लामाको प्रमुख आतिथ्यतामा तामाङ संघका केन्द्रिय सदस्य बागमती प्रदेश संयोजक बिलाम मुक्तानको प्रतिनिधित्वमा भएको जिल्ला अधिबेशनमा  सम्पन्न भएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले  तामाङ संघ कुनै जातीय संस्था होइन नेपाली कांग्रेस भित्र रहेको तामाङहरु लाई एकता गरि पार्टीलाई मजबुत बनाउन बनेको भातृ  संस्था रहेको बताए ।

केन्द्रीय प्रतिनिधि बिलाम मुक्तानले कार्यक्रम बोल्दै  नेपाली कांग्रेस सबैभन्दा ठुलो समाजवादी राजनीतिक दल हो  भएकोले कांग्रेस पार्टीले  तामाङ समुदाय लाई राम्रोसँग चिनेको बताए ।  तामाङ नेपालको आदिवासी जनजाति समुदायमा तेस्रो र नेपालको पाचौं  ठुलो संख्यामा रहेको समुहका आदिबासी हुन नेपालको सबै जिल्लामा तामाङ  रहेत पनि मुख्यत  बागमती प्रदेशमा बसोबास गर्ने पहिलो जनसंख्या रहेको मुक्तानले बताए ।  बागमती  प्रदेशमा तामाङ १२लाख १६ हजार ५सय१७ रहेको जानकारी गराउदै दोलखा जिल्लामा  ३० हजार ४ सय ६८ तामाङको जनसंख्या रहेको बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.