असोज १०, काठमाडौं । विक्रम रानाको स्वरमा समावेश ‘पोथी काले काले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा विक्रम र पूर्णकला विसीको पनि स्वर छ । गीतमा करण न्यौपानेको शब्द तथा संगीत छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा मौसम हिमालीको निर्देशन छ । भिडियोमा मोडल सन्दिप न्यौपाने र सोमिया रानाले मोडलिङ गरेका छन् । करन चौरसीयाको छायांकन रहेको भिडियोमा प्रविन भट्टले सम्पादन गरेका हुन् ।

