चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने

असोज ९, काठमाडौं । चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ ।

असोज ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

‘छक्का पन्जा ३ र जय भोले’ एकै दिनमा ल्याउने खेल चलिरहेका कारण यी दुबै चलचित्रले प्रदर्शन मिति तय गर्न सकेका थिएनन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.