असार २९, काठमाडौँ । गायिका बसन्ती लामाले नेपाली किसानको मर्म र मौलिकता झल्काउने नयाँ असारे गीत ल्याएकी छिन् । श्रीमाया बल तामाङको शब्दमा रहेको ‘किसाने चाहना’ असारे गीत गायिका लामाले गाएकी हुन् ।
गायिका बसन्तीकै संगीत रहेको सो गीतमा नेपाली किसानहरूको पीर व्याथा, खुसी, संस्कृति र सहयोगी भावको झल्को भेट्न सकिन्छ । त्रिटल स्टिडियोमा रेकर्ड गरेको उक्त गीतलाई सुन्दर लामाले एरेन्ज तथा मिक्सिङ गरेका छन् । सो गीतको भिडियो समेत सार्वजनिक भएको छ । नेपाल कृषि प्रधान देश हो । आफ्नै पाखा पखेरा र फाँटहरूमा खेती गर्दै जीविका चलाउने गर्छन् । विशेष गरि असार–साउन नेपाली किसानका लागि महत्वपूर्ण समय हो । मानो रोपेर मुरी फलाउने समयको रूपमा लिएको हुन्छ । त्यही नेपाली परम्परा, पर्म, साथ सहयोग र सद्भावको संस्कृतिसहित धान रोप्ने समयको रूपमा लिइन्छ । गायिका बसन्तीले नेपाली किसान र समयको मर्मलाई गीतसंगै भिडियोमा ल्याएकी छिन् ।
म्यूजिक भिडियोको निर्देशन आदित्य बुढाथोकीले गरेका छन् भने अभिनयमा श्रीमाया बल तामाङ र स्वयम् गायिका बसन्ती लामाको रहेको छ । पदम सुवेदीले सम्पादनको गरे सो भिडियो अबि सापकोटा र बिक्रमले छायाँकन गरेका हुन् ।
सानै उमेरदेखि गीतसंगीत रूचाएकी गायिका लामा साधना पनि उत्तिकै गर्दै आएकी छिन् । घरमा आमाले गीत गाउने र उहाँकै प्रोत्साहनले सांगीतिक क्षेत्रमा लागेकी बताईन् । गायिका अरूणा लामा, नारायण गोपालहरू मरेर गएपनि उहाँहरूको सिर्जना तथा कृतिहरू सदाबहार रहेकोले आफु पनि कृतिलाई स्थापित गर्न गीत, संगीत क्षेत्रमा लागेकाी बताइन् । अहिलेसम्म करिव ५५ भन्दा बढि गीतहरूमा स्वर दिइसकेकी छिन् । उनले अहिलेसम्मा गाएकी गीतहरू नेपाली भाजन, आधुनिक,भाषा भासी,लोकगीत, तीज गीत, तामाङ सेलो, पप गीत, राष्ट्रिय गीत, जनचेतनामूलक प्रहरी गीत, जनवादी गीत, फिल्मि गित, लोकाधुनिक गीत, ताम्बा गीत आदि छ्न।

