गायिका बसन्ती लामाले ल्याइन् असारे गीत ‘किसाने चाहना’ (भिडियोसहित)

असार २९, काठमाडौँ । गायिका बसन्ती लामाले नेपाली किसानको मर्म र मौलिकता झल्काउने नयाँ असारे गीत ल्याएकी छिन् । श्रीमाया बल तामाङको शब्दमा रहेको ‘किसाने चाहना’ असारे गीत गायिका लामाले गाएकी हुन् ।

गायिका बसन्तीकै संगीत रहेको सो गीतमा नेपाली किसानहरूको पीर व्याथा, खुसी, संस्कृति र सहयोगी भावको झल्को भेट्न सकिन्छ । त्रिटल स्टिडियोमा रेकर्ड गरेको उक्त गीतलाई सुन्दर लामाले एरेन्ज तथा मिक्सिङ गरेका छन् । सो गीतको भिडियो समेत सार्वजनिक भएको छ । नेपाल कृषि प्रधान देश हो । आफ्नै पाखा पखेरा र फाँटहरूमा खेती गर्दै जीविका चलाउने गर्छन् । विशेष गरि असार–साउन नेपाली किसानका लागि महत्वपूर्ण समय हो । मानो रोपेर मुरी फलाउने समयको रूपमा लिएको हुन्छ । त्यही नेपाली परम्परा, पर्म, साथ सहयोग र सद्भावको संस्कृतिसहित धान रोप्ने समयको रूपमा लिइन्छ । गायिका बसन्तीले नेपाली किसान र समयको मर्मलाई गीतसंगै भिडियोमा ल्याएकी छिन् ।

म्यूजिक भिडियोको निर्देशन आदित्य बुढाथोकीले  गरेका छन् भने अभिनयमा श्रीमाया बल तामाङ र स्वयम् गायिका बसन्ती लामाको रहेको छ । पदम सुवेदीले सम्पादनको गरे सो भिडियो अबि सापकोटा र बिक्रमले छायाँकन गरेका हुन् ।

सानै उमेरदेखि गीतसंगीत रूचाएकी गायिका लामा साधना पनि उत्तिकै गर्दै आएकी छिन् । घरमा आमाले गीत गाउने र उहाँकै प्रोत्साहनले सांगीतिक क्षेत्रमा लागेकी बताईन् । गायिका अरूणा लामा, नारायण गोपालहरू मरेर गएपनि उहाँहरूको सिर्जना तथा कृतिहरू सदाबहार रहेकोले आफु पनि कृतिलाई स्थापित गर्न गीत, संगीत क्षेत्रमा लागेकाी बताइन् । अहिलेसम्म करिव ५५ भन्दा बढि गीतहरूमा स्वर दिइसकेकी छिन् । उनले अहिलेसम्मा गाएकी गीतहरू नेपाली भाजन, आधुनिक,भाषा भासी,लोकगीत, तीज गीत, तामाङ सेलो, पप गीत, राष्ट्रिय गीत, जनचेतनामूलक प्रहरी गीत, जनवादी गीत, फिल्मि गित, लोकाधुनिक गीत, ताम्बा गीत आदि छ्न।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.