स्वास्थ्य सचिव डा. पुष्पालाई ग्लोबल म्याटरनल भिजनरी अवार्ड’

असोज ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई मातृशिशुको क्षेत्रमा योगदान पु¥याएको भन्दै अमेरिकाको हर्भड विश्वविद्यालयले ‘ग्लोबल म्याटरनल भिजनरी अवार्ड’ प्रदान गरेको छ ।

अमेरिकाको बोस्टनमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सचिव डा। चौधरीलाई सो अवार्ड प्रदान गरिएको हो । म्याटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा डा. चौधरीसहित १० जनालाई ग्लोबल म्याटरनल भिजनरी अवार्ड दिएको थियो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अवार्डका लागि हर्भड विश्वविद्यालयको मातृशिशुको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई प्रदान गर्ने अवार्ड पाएको जानकारी दिनुभयो ।

सचिव चौधरीले अवार्डका लागि विश्वका विभिन्न देशका ३ सय ८० जना मनोनयन गरेकोमा उत्कृष्ट १० जनालाई उक्त सम्मान प्रदान गरेको बताउनुभयो । सचिव चौधरीले मातृशिशुको क्षेत्रमा पु¥याएको योगदान, काम, नेतृत्व लगायतका विषयमा छनौट गरेर उक्त अवार्ड प्रदान गर्ने गरेको जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.