सबै बैंकको अनलाइन सेवा आज पाँच घण्टा अवरुद्ध हुने, कारोबार नगर्न आग्रह

जेठ २८, काठमाडौं । सम्पूर्ण बैंकको अनलाइन सेवा आज (सोमबार) पाँच घण्टा अवरुद्ध हुने भएको छ ।

भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् । फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दैछ । सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफरलगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् । बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै अवस्थामा सञ्चालन हुनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.