आलु, प्याज, स्याउमा लगाएको कर खारेज

जेठ १६, काठमाडौं । सरकारले अघिल्लो बजेटमा लगाएको आलु, प्याज, स्याउको कर यस वर्षदेखि हटाएको छ ।

आलु, प्याजस्ता दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएर उपभोक्तालाई मार पारेको भन्दै गत वर्ष आलोचना भएसँगै यस वर्ष सरकारले उक्त निर्णय फिर्ता गरेको हो । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर खारेज गरेको हो । यस्तै मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरिएको छ । यस्तै विकास सहायतासम्बन्धी नयाँ सम्झौता गर्दा आयोजनालाई कर छुट दिने व्यवस्था गर्नुको सट्टा कर फिर्ता वा निकासाको माध्यमबाट कर छुट दिइने भएको छ ।

उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी आगामी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री पुनले उल्लेख गर्नु भयो । यसका लागि औषधी, इन्डक्सन, धागो, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधन तथा स्प्रिङपत्ता बनाउने उद्योग लगायतको उद्योगमा लाग्ने कच्चा पदार्थको पैठारी महसुल र अन्तःशुल्क घटेको छ । स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको भन्सार महसुल र अन्तःशुल्कमा वृद्धि गरिएकोे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.