अंगाली नदेउ चेली बिदेशीको चलनलाई

भदौ २६, काठमन्डौ ।
चेलिलाइ सन्देश प्रवासी चेलिलाइ यो परदेसी माइतिको तर्फबाट सन्देश नेपाली चेलिलाइ यो दिन दुखी को तर्फबाट उपदेश प्रवासी चेलिलाइ । हिडेछौ चेलि परदेश माइतिको बोझ थाम्ना लाई तर गाह्रो छ चेली विदेशमा संघर्ष गर्नलाई । ठेगान छैन चेली यहाँ मर्न र बाच्न लाई खुसी कहिँ मिलेन चेली अभागी नेपालिलाइ। काट्नु पर्छ चेली यहाँ प्रवाह नगरी दिन रातलाइ तर मुस्किल छ चेलिलाइ परिश्रमको मोल पाउनलाइ । साझनै सम्झेँ हुन्छ चेली यहाँ आफ्नो जिन्दगिलाइ साथी माझ पोख्नु चेली मनको वेदना लाई । सहनु पर्दोरहेछ चेली यहाँ मुटु मिची पीडा लाई सिक्नु पर्दोरहेछ चेली यहाँ आसु पुछी हास्न लाई ।

उकुसमुकुस हुन्छ चेली सोच्दा देशको स्थिती लाई टुहुरा झै लाग्छ चेली सम्झँदा विदेशिको उराड लाग्दो जिन्दगी लाई । कहिले सम्म राख्नुपार्ने चेली बन्दगी आफ्नो जिन्दगी लाई कस्ले बुझी दिने चेलि यो दर्द जीवन ब्यथा लाई । आपत पर्दा पुकारनु चेली देवी र देउता लाई खुसीमा नभुल्नु चेली बुबा र आमा लाई । अंगाली नदेउ चेली बिदेशीको चलन लाई नबिर्सी देउ चेली गाउँ घरको रिति रिवाज लाई । हिम्मत नहार्नु चेली दुःखको सामना गर्नु लाई पराइ सामु नझुक्किनु चेली सगरमाथा झै उच्च शिर लाई । यहि छ संदेश प्रवासी चेलिलाइ सधै हासो खुशी मिलोस साथै नेपाली चेली हरुलाइ हरितालिका तिजको हार्दिक शुभकामना ।

सुमन पाख्रीन        हाल मलेशिया ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.