हेर्नुस् ‘छक्का पञ्जा ३’को दोश्रो गीत कस्तो बन्यो? (भिडियो)

भदौ २५, काठमन्डौ । ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । फिल्ममा समाविष्ट ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो ।

गीतमा अर्जुन पोखरेलको स्वर र संगीत रहेको गीतमा संगीतकार पोखरेलले दीपकराज गिरीसँग सहकार्य गरेका छन्।गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई देख्न सकिन्छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन। दीपिश्री निरौला निर्देशित फिल्म दशैंमा रिलिज हुँदैछ। फिल्मका अघिल्ला दुई श्रृखंलाको सफलतालाई यस श्रृखंलाले पनि पछ?याउने अनुमान गरिएको छ।

स्मरण रहोस सोही मितीमा १२ वर्षपछि फिल्म निर्देशनमा फर्किएका अशोक शर्मा निर्देशित कमेडी फिल्म ंजय भोलें पनि रिलिज हुँदैछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.