स्पा संघ नेपालको तेसो साधारणसभा सम्पन्न, अध्यक्षमा पुरी निर्वाचित

माघ  २६, काठमाडौँ । स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन्। अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन्।

त्यसैगरी उपाध्यक्षमा विनोद श्रेष्ठ, महासचिवमा अमृत थोकर, सचिवमा रामदेव महत्तो, कोषाध्यक्ष कैलाशसिंह थारू र सह(कोषाध्यक्षमा सविता अधिकारी ब्युटी निर्वाचित भएका छन्। सदस्यमा रामेश्वर भैजु, कुमार भण्डारी, केशव बस्नेत, श्याम कुमार पोख्रेल, भुवनेश्वर फैँजु, नवराज दाहाल, सैजिला थिङ र सूर्यबहादुर श्रेष्ठ निर्वाचित भएका हुन्। स्पा संघको नयाँ कार्यसमितिको समयावधि दुई वर्ष हुनेछ। स्पा संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकहरूले स्थापना गरेको साझा संस्था हो। स्पा तथा मसाजबाट अनैतिक गतिविधि भएको भन्दै स्पा व्यवसायलाई मर्यादित बनाउन संघको स्थापना भएको थियो।

पर्यटन क्षेत्रमा स्पा व्यवसायले ठूलो सम्भावना बोकेको व्यवसायीहरूले बताएका छन्। हाल मुलुकभर एक सय बढी स्पा सञ्चालनमा छन्। स्पालाई व्यवस्थित मापदण्ड बनाएर अघि बढाउन सकेमा यसले नेपालको पर्यटनमा ठूलो योगदान पुर्‍याउने व्यवसायीहरूले बताएका छन्। पर्यटकको बसाइअवधि लम्ब्याउन र खर्च बढाउन पनि स्पाले सहयोग पुर्‍याउनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.