पेट्रोल र डिजेलको मूल्य घट्यो

माघ १, काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटाएको छ । सोमबार नेपाल आयल निगमले निगमले प्रतिलिटर १÷१ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.