भदौ २३, काठमाडौं । नेपाल आईडल पहिलो संस्करणका विजेता बुद्ध लामाको नयाँ गीत ‘सानी’ सार्वजनिक गरिएको छ । नेपाल आईडलका आयोजक टिम एपिवानले सम्झौता अनुसारको पहिलो गीत सार्वजनिक गरिदिएको हो ।
गीतमा आशुसेन लामाको शब्द संगीत रहेको छ । मोहनराज अधिकारीको निर्देशनमा माधव बेलबासको सम्पादन रहेको गीतमा बुद्ध र बिनिताको जोडी सुहाएको देखिन्छ । गीतमा फनिन्द्र राईको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियो कोरियो ग्राफी सञ्जय लामाले गरेका हुन ।
यस अघि बुद्धको गजलकार सुरेश वाग्लेको गजल ‘तिमी साथ भएपछि’ सार्वजनिक भईसकेको थियो। भिडियो हेर्नुहोस

