काठमाडौंमा भारी वर्ष, बौद्ध–जोरपाटी जलमग्न (हेर्नुस् फोटो फिचर)

भदौ २१, काठमाडौं । विहीबार परेको भारी वर्षातका कारण राजधानी लगाएत विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ ।  एक घण्टाभन्दा बढि समय परेको पानीका कारण राजधानी डुवानसंगै विभिन्न सवारी साधनहरु समेत बगाएको छ । त्यस्तै बौद्ध जोरपाटी क्षेत्र पनि डुवानमा परेको छ । त्यहाँको अव्यवस्थित सडक तथा ढल निर्माणका कारण सडक भासिएर थुप्रै सवारी साधनहरु डुवानमा परेको छ ।

                              जोरपाटी नारायणटारको ढलमा फसिएको गाडी

 

हरेक वर्ष आर्थिक वर्ष शुरु हुन्छ, त्यही बखत वर्षे विकासको योजनाहरु जहीतही देखिन्छ र निरन्तर परेको पानीको प्रवाह नगरी धमाधम सडक पिचदेखि ढल निर्माणका कार्यहरु हुने गर्छन् ।  कहिले त धुलाम्य कहिले हिलाम्य र अव्यवस्थित सडकले चिनिएको बौद्ध जोरपाटी सडक यतिखेर जलमग्न बनेको छ । जनताको आँखामा छारो हालेर सरोकारवालाले अवैज्ञानिक तरिकाले सडक मर्मत तथा ढल व्यवस्थापन गरिएता पनि त्यसले सार्थकता दिन नसक्दा बौद्ध–जोरपाटी सडक खण्ड अझै अनियन्त्रित र ज्यानमारा बन्दै गएको छ ।

                          डुबानमा परेको ट्याक्सी उद्वार गरिदै सार्वसाधारण तस्बीरः प्रारम्भ खबर

 

गत साउन १२ गते सडकको अवस्था निरिक्षण गर्न आईपुगेका भौतिक पूर्वधार तथा यातायात व्यवस्थापन मन्त्री रघुवीर महासेठले भदौ १३ गतेभित्र त्यस क्षेत्रको सडक पूर्ण रुपमा पिच भइसक्ने बताएका थिए । तर मन्त्रीको बोली कार्यन्वयन हुनुको सट्टा वर्षयामको पानी झै बगेर विलाए भए ।

                                नायारणटारमा सडक भासिएर फसेको बस तस्बीरः प्रारम्भ खबर

 

त्यस्तै फोहोरमैलाको व्यवस्थापनमा कठिनाई भएको गोकर्णेश्वर नगरपालिकालाई वर्षातको पानीले चुनौती सावित गरेको छ । समयमा फोहोरमैला व्यवस्थापन गर्न नसक्दा जथाभावी फोहोरको ढंगुरकै कारण पानी जाम हुने र सडकमा मानव तथा सवारी साधनहरु डुवानको समस्यामा परेकोे छ । त्यस क्षेत्रको फोहोरमैला संगै अवैज्ञानिक र अव्यवस्थित ढल निर्माणले गर्दा झनै समस्या परेको बताउँछन् बसिन्दाहरु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.