गोली हानी हिन्दी पत्रिका ‘दैनिक जागरण’ का पत्रकारको हत्या

भदौ १, नयाँ दिल्ली । भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहान घरभित्र पसेर अज्ञात मानिसहरूले गोली हानी हत्या गरेका छन् ।

गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा विमलका भाइको पनि अपराधीले हत्या गरेका थिए । उक्त मुद्दामा विमल एक मात्र साक्षी थिए र प्राप्त जानकारी अनुसार उनलाई बयान परिवर्तन गर्न लगातार दबाब दिइँदै आएको थियो ।

अररिया एसपी अशोक कुमार सिंहले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चार अपराधी विमल कुमार यादवको घर बाहिर आए। चिच्याएर बोलाए । बाहिर निस्कँदा अपराधीहरूले गोली हानेर भागे। उनको घटनास्थलमै मृत्यु भयो । उनको शव पोष्टमार्टमका लागि पठाइएको छ । अपराधीलाई पक्रने प्रयास भइरहेको छ ।’ बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.