साउन १९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार व्यक्तिगत पत्रकार सम्मेलन गर्ने भएका छन् ।
मल्लले शुक्रबार नक्सालस्थित आरन्या बुटिकमा दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलन गर्ने जनाएका छन् । तर, ज्ञानेन्द्रले हालसम्म यसको कारण भने खुलाएका छैनन् । “आज मिति २०८०÷ ०४÷ १९ गते मेरो व्यक्तिगत पत्रकार सम्मेलन रहेको हुँदा निम्न स्थान र समयमा आफ्नो उपस्थिति जनाइदिनुहुन विनम्र अनुरोध गर्छु,” उनले उपस्थितिका लागि पठाएको पत्रमा उल्लेख छ ।

