नेप्सेको उकालो यात्रा कायमै

तीन अर्ब ३४ करोडको कारोबार

साउन ३, काठमाडौं । गत आइतबारदेखि उकालो यात्रामा रहेको नेप्से परिसूचक बुधबार पनि बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ११.१७ अंक बढेर बन्द भएको छ ।

यस दिन परिसूचक २१६५.२४ विन्दुमा बन्द भएको हो । यस दिन तीन अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन तीन अर्ब ५४ करोडको सेयर कारोबार भएको थियो । म्युचुअल फन्ड, ऋणपत्रलगायत २६० धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता खरिद–बिक्री भएको छ ।कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक ४.८३ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ । यो समूहको परिसूचक ०।९६ प्रतिशतले घटेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.